काठमाडौः निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । आइतबार थाइल्याण्डमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड–२०१८’ मा निर्मात्री केसी सम्मानित भएकी हुन् ।

अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै निर्मात्री केसीलाई सम्मान गरिएको हो ।

नेपाली फिल्म, गीत–संङ्गित, साहित्य, रंगमञ्च लगायत विभिन्न विधाका प्रतिष्ठित पुराना एवं नयाँ व्यक्तित्वहरुलाई सम्मान एवं पुरस्कृत गर्ने उद्देश्यले यस किसिमको अवार्ड आयोजना गरिएको आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले बताए ।

 

उक्त अवार्डबाट सम्मानित भएसंगै निर्मात्री केसी भनिन् -‘यो अवार्डले मलाइ भन्दा पनि म जस्तै कार्य गर्न चाहनेलाई हौसला मिलन सक्छ ।’ फिल्मले मनोरंजनसँगै सन्देश पनि दिन सक्नु पर्छ ।’ 

 

यससंगै वास्तबिक जीवनमा आधारित चलचित्र ‘डा. खाते’ निर्माण गरेर निकै चर्चा बटुलेकी अभिनेत्री केसीको  चलचित्र ‘जानी नजानी’ कमर्सियल भएपनि कही कतै युवाहरुलाई राष्ट्रियता बोध गराउने सन्देश बोकेको उनी बताउँछिन् । केसी द्वारा निर्मित उक्त ‘जानी नजानी’ चलचित्र  चैत्र १ बाट प्रदर्शन हुँदै छ ।

 

अवार्डमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ गायिका देविका बन्दना, निर्मल शर्मा, योगेश घिमिरे, दिपाशा विसी, माधल निर्दोश, सारिका घिमिरे, सुशिला पाठक, सिर्जना खत्री हाउडेमाया, पवित्रा आचार्य, काव्या अचार्य, लोकराज अधिकारी, विनोद श्रेष्ठ, अनामिका चौलागाई लगायतको उपस्थिति रहेको थियो ।