काठमाडौं । अभिनेत्री रोशनी केसी पनि निर्देशक बनेकी छन् । देश प्रेमको भावनाले ओतप्रोत गीत ‘त्यहिँ सच्चा नेपाली’को म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । जसको छायाँकन केही दिन पहिले सकिएको थियो ।
फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाललगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।

देविका बन्दना र राजन ईशानको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा राजनकै संगीत रहेको छ । भिडियो बिभिन्न आकर्षक लोकेसनमा खिचिएकोछ । सम्भवत भिडियो यति धेरै लोकप्रिय अनुहार समेटिएको पहिलो पटक हुनसक्छ । भिडियो धेरै चर्चित अनुहार समेट्न उनले निकै संघर्ष गर्नुपरेको थियो ।

राष्ट्रिय भावनाले भरिएको गीत त्यो पनि राम्रो गायक गायिकाको स्वर रहेकोले आफुले भिडियो निर्देशक गरेको केसीले बताइन् ।
‘चलेका धेरै अनुसार एउटै गीतमा समेट्न निकै गाहे हुँदो रहेछ’ केसीले भनिन् ‘गीतका लागि ठुलै संघर्ष गर्नु परेको छ ।’ डेब्यु गीत उत्कृष्ट बनाउने उदेश्यले कलाकारदेखि कुनै कुरामा पनि आफुले कम्परमाइज नगरेको केसीले सुनाइन् ।
भिडियोमा रामशरण उप्रेतीको छायाँकन, विक्रम स्वाँरको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । ‘डाक्टर खाने’ र केही पहिले प्रदर्शनमा आएको ‘जानी नजानी’ फिल्म निर्माता समेत रहेकी केसीले निर्देशनलाई निरन्तरता दिने सोचका साथ डेब्यु गरेकी हुन् ।

राम्रा र उत्कृष्ट गीतमा मात्र काम गर्ने सोच बनाएकी केसीको फिल्म निर्देशन गर्ने सोच समेत रहेको छ । तर कहिले र कुनबाट भने उनले अहिले बताउन चाँहिनन् । केही समयपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा भने उनी रहेकी छन् ।

https://ratopati.com/story/162822/2021/1/10/roshani-?