काठमाडौं । गायिका देवीका बन्दना तथा गायक राजन इशानको स्वरमा सजिएको नयाँ राष्टिय गित सार्वजनिक गरिएको छ ।आइतबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘त्यहि सच्चा नेपाली’ बोलको गीतको भिडियो पृथ्वी जयन्ती तथा एकता दिवसको दिनलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो।

सो गीतमा संगीत गायक तथा संगीतकार राजन इशानकै रहेको छ भने शब्द सृजना आनन्द अधीकारी रहेको छ। रोशनी केसीको निर्देशन तथा समाज सेवी व्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठले निर्णाण गरेका हुन्।

बिक्रम स्वारको कोरियोग्राफी रहेको त्यहि सच्चा नेपाली राष्टिय गितको भिडिओमा नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, दिलीप रायमाझी, धिरेन शाक्य, राजा राम पौडेल, दिनेश डीसी, दीपा श्री निरौला, आकाश श्रेष्ठ, उषा खड्गी, प्रशान्त ताम्रकार, निर्मल शर्मा, नम्रता सापकोटा, रोशनी केसी लगायतका  कलाकारहरुको अभीनय रहेको छ। यसैगरी, यस भिडिओ नेपालका संस्कृतिविद् आदरणीय सत्यमोहन जोशीको पनि विशेष उपस्थिति रहेको छ।

भिडिओलाई रामशरण उप्रेतीले छायाकंन गरेका हुन् भने अर्जुन जीसीले सम्पादन गरेका छन्।